
यो सिजनको च्याम्पियन्स लिग फुटबल आजबाट सुरु हुँदैछ। यस लिगमा ३६ टोलीबीच प्रतिस्पर्धा हुँदैछ।
रियल म्याड्रिडले साबिक विजेताको रूपमा सहभागिता जनाउने छ। इङ्गलिस टोलीमा म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र अस्टन भिल्लाको सहभागिता छ।
स्कटल्यान्डको सेल्टिकसहित कुल ५ बेलायती टोलीले प्रतिस्पर्धा गर्नेछन्। यसैगरी स्पेनका रियल म्याड्रिड सहित, एथलेटिको म्याड्रिड, गिरोना र बार्सिलोनाको सहभागिता छ।
जर्मनी र इटालीका सबै भन्दा धेरै टोलीको सहभागिता छ। जर्मनीका वायर लिभरकुसेन, वायरन म्युनिख, बोरुसिया डर्टमन्ड, लिइपेज र स्टुगार्टको सहभागिता छ।
इटालीका एटलान्टा, बोलोग्ना, इन्टर मिलान, युभेन्ट्स र एसि मिलानको सहभागिता छ।
फ्रान्सका ब्रेस्ट, लिले, मोनाको, र पेरिस सेन्ट जर्मनको सहभागिता रहेको च्याम्पियन्स लिगमा अस्ट्रियाका साल्ज बर्ग र स्टुवार्म ग्राज सहभागी छन्।
नेदरल्यान्ड्सका फियुनार्ड र पिएसभी आइन्डहोभन तथा पोर्चुगलका बेनफिका र स्पोर्टिङ सिपीको सहभागिात छ।
बेल्जियमको क्लब ब्राग, क्रोएसियाका जिएनके डाइनामो, चेक गणतन्त्रको स्पार्टा प्राग, स्कटल्यान्डको सेल्टिक, सर्बियाको स्रभेना जेबेडा, स्लोभाकियाको स्लोभान ब्राटिस्लाभा, स्विटजरल्यान्डको यङ ब्वाइज र युक्रेनको साख्तर डोन्सटकको सहभागिता छ।