काठमाडौं, भदौ २३ :

केही दिनयता सामाजिक सञ्जाल बन्द भएसँगै नयाँ पुस्ताले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् ।

सामाजिक संजालबाट भ्रष्टाचार,बेथिति र अनियमितता विरुद्ध उठेको उनीहरुको आन्दोलन  सडकमा पुगेको छ । युवाहरू आज बिहान ९ बजेदेखि नै माइतीघरमा भेला भएका हुन् । कलेज ड्रेस लगाएर उनीहरू प्लेकार्ड सहित प्रदर्शनमा उत्रिएका छन् ।  उनीहरूले एक विज्ञप्ति जारी गर्दै आन्दोलन शान्तिपूर्ण र कानुनी हुने बताएका छन् ।

विज्ञप्तिमा भ्रष्टहरूलाई जबाफदेही बनाउने, सरकारमा पारदर्शिता सुनिश्चित गर्ने र प्रशासनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने कुरा उल्लेख गरिएको छ ।