काठमाडौं, भदौ २३ :

राष्ट्रियसभाको बैठक स्थगित गरिएको छ । यसअघि उक्त बैठक आज दिउँसो १३:१५ बजेका लागि तय गरिएको थियो ।

विशेष कारणले सूचना टाँस गरेर बैठक स्थगित गरिएको सङ्घीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिएका छन् ।  नयाँ बानेश्वरमा जेनजीले गरेको प्रदर्शनका कारण बैठक बस्न नसकेको हो ।

राष्ट्रियसभाको अर्को बैठक यही भदौ २५ गते बुधबार दिउँसो १३:१५ बजे बस्ने तय भएको उनले बताए ।