असोज २ :

नेपाली बजारमा आज सुनको मूल्य  प्रतितोलामा छ सय रुपैयाँले घटेको छ । 

सोमबार हालसम्मकै उच्च विन्दुमा पुगेको सुनको मूल्यमा आज सामान्य गिरावट भएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन सोमबार प्रतितोला एक लाख ५७ हजार तीन सयमा कारोबार भएकामा सोही परिमाणको पहेँलो धातुको मोल आजका लागि एक लाख ५६ हजार सात सय निर्धारण भएको छ । 

यसैगरी, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर एक हजार नौ सय पाँच रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।