मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

राज्यको काम नागरिकको ज्यान लिनु होइन : बार एशोसिएसन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ भदौ, २०८२ मा प्रकाशित
राज्यको काम नागरिकको ज्यान लिनु होइन : बार एशोसिएसन
काठमाडौं, भदौ २३ :

नेपाल बार एशोसिएसनले जेनजीको प्रदर्शनमा भएको दमनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै राज्यले नागरिकको ज्यान लिन नमिल्ने उल्लेख गरेको छ। बारका महासचिव केदार कोइरालाद्वारा जारी विज्ञप्तिमा घाइते प्रदर्शनकारीको तत्काल निःशुल्क उपचारको माग गरिएको छ।

बारले ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग आग्रह गरेको छ। साथै, दर्ता नभएका सामाजिक सञ्जाल निष्क्रिय बनाउने सरकारी निर्णयप्रति पनि चिन्ता व्यक्त गर्दै नियन्त्रण होइन, समाधानमुखी उपायमार्फत नियमन गर्नुपर्नेमा जोड दिएको छ।

शान्तिपूर्ण प्रदर्शन, अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र विधिको शासन सुनिश्चित गर्न बारले सरकारलाई आग्रह गरेको छ। प्रदर्शनमा सुरक्षाकर्मीबाट बल प्रयोग भएको घटनाको बारले भर्त्सना गरेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार