
फाइल तस्बिर ।
काठमाडौं, भदौ २३ :
प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले सूचीकरणमा नपरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय तत्काल फिर्ता लिन सरकालाई आग्रह गरेको छ । देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।
सरकारले सूचीकरणमा नपरेको भन्दै फेसबुकलगायतका सामाजिक सञ्जाल बन्दकाविरुद्ध जेनजीले गरेको प्रदर्शनमा मानवीय क्षति भएपछि कांग्रेसले आकस्मिक रुपमा पदाधिकारी बैठक बोलाएर सरकारलाई दबाब दिएको हो ।