
एआईद्वारा निर्मित तस्बिर ।
काठमाडौं, भदौ २४ :
हिजोको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि जेनजीले आज पनि प्रदर्शन गरेका छन् ।
काठमाडौं उपत्यकाकामा प्रशासनले कर्फ्यु आदेश जारी गरे पनि प्रदर्शनकारीहरुले आज बिहानै देखि प्रदर्शन सुरु गरेका छन् । काठमाडौँको कलंकीमा टायर बालेर प्रदर्शन भइरहेको छ भने आज बिहानैदेखि उनीहरु संसद् भवन अगाडि भेला भएका छन् ।
काठमाडौँ,ललितपुर र भक्तपुरका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी भए पनि त्यसको परवाह नगरी युवाहरु सडकमा उत्रिएका छन् ।