
काठमाडौं, भदौ २४ :
भक्तपुरको बालकोटमा गोली चलेको छ । प्रदर्शनकारी प्रधानमन्त्री केपी शर्मा ओलीको निवासतर्फ अघि बढेपछि सुरक्षाकर्मीले गोली चलाएका हुन् । गोली लागेर दुई जना घाइते छन् । उनीहरुको उपचार हुँदैछ । प्रदर्शनकारीहरु बिहानैदेखि नेताका घर र पार्टी कार्यालय छानीछानी क्षति पुर्याएका छन् ।