बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

पूर्वराजा ज्ञानेन्द्रको आग्रह : समस्या देशभित्रैबाट समाधान होस्

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २४ भदौ, २०८२ मा प्रकाशित
पूर्वराजा ज्ञानेन्द्रको आग्रह : समस्या देशभित्रैबाट समाधान होस्
काठमाडौं, भदौ २४ :

पूर्वराजा ज्ञानेन्द्र शाहले पछिल्लो समय जेनजीको नेतृत्वमा सुरु भएको आन्दोलनबारे प्रतिक्रिया जनाउँदै समस्या देशभित्रैबाट समाधान गरिनु पर्ने धारणा व्यक्त गरेका छन्।

उनको निजी सचिवालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै पूर्वराजाले वर्तमान आन्दोलनलाई हिंसात्मक वा अराजक नबनाइ शान्तिपूर्ण ढंगले अघि बढाउन आग्रह गरेका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘पछिल्लो पुस्ताको यो आन्दोलन हिंसात्मक नबनोस्, अराजक नरहोस् र यसमा कसैको घुसपैठ नहोस् भन्ने धारणा छ।’

पूर्वराजाले सुशासन र आर्थिक अनुशासनका विषयमा उठेका मागप्रति गम्भीर ध्यान दिइनुपर्ने उल्लेख गर्दै, देशले भोगिरहेको समस्याको समाधान बाहिर होइन, देशभित्रैबाट खोजिनु पर्नेमा जोड दिएका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार