सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार राजनीति

राजेन्द्र महतोले खोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामको नयाँ पार्टी

· मंगलबार, २ असोज, २०८१ मा प्रकाशित
राजेन्द्र महतोले खोले राष्ट्रिय मुक्ति क्रान्ति नेपाल नामको नयाँ पार्टी
काठमाण्डौँ , असोज २ :

राजेन्द्र महतोले नयाँ पार्टी खोलेको घोषणा गर्नुभएको छ । 

आज काठमाडौँमा राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले नयाँ राजनीतिक दल घोषणा गर्नुभएको हो ।

उहाँले पार्टीको नाम राष्ट्रिय मुक्ति क्रान्ति नेपाल रहने जानकारी दिनुभयो ।

राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकले पार्टीको अध्यक्ष महतो स्वयं रहने निर्णय समेत गरेको छ । 

लोकतान्त्रिक समाजवादी पार्टी, नेपालबाट अलग भएपछि उहाँ राष्ट्रिय मुक्ति क्रान्तिको संयोजक रहेर राजनीतिक गतिविधि गर्दै आउनुभएको थियो ।

पार्टीबाट अलग भएको को झण्डै महिनापछि महतोले नयाँ पार्टी घोषणा गर्नुभएको हो ।

महतोले कात्तिकको पहिलो सातामा निर्वाचन आयोगमा पार्टी दर्ता गराउने गरी प्रक्रिया अघि बढाउने पनि जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार