मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार

२५ कारागारबाट १० हजार कैदी फरार, सेनाले थुप्रैलाई नियन्त्रणमा लियो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २५ भदौ, २०८२ मा प्रकाशित
२५ कारागारबाट १० हजार कैदी फरार, सेनाले थुप्रैलाई नियन्त्रणमा लियो
काठमाडौं, भदौ २५ :

जेनजी आन्दोलनपछिको अशान्त वातावरणमा देशभरका २५ वटा कारागारबाट झण्डै १० हजार कैदीबन्दी फरार भएका छन्। कारागार व्यवस्थापन विभागका सूचना अधिकारी सन्देश जोशीका अनुसार विभिन्न स्थानमा रहेका कैदीहरू कारागारमा भएको आगजनीको मौका छोपेर भागेका हुन्।

फरार भएका कैदीहरू काठमाडौंको केन्द्रीय कारागार, ललितपुरको नख्खु कारागार, डडेलधुरा, सप्तरी, सुनसरी, रुकुम पश्चिम, कपिलवस्तु, म्याग्दी, धादिङलगायतका कारागारबाट रहेका छन्। डिल्लीबजार कारागारमा आगजनी गरी भाग्न खोजेका कैदीहरूलाई भने नेपाली सेनाले तत्काल नियन्त्रणमा लिई अड्डासार गरेको छ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सप्तरीबाट ४ जना, सुनसरीबाट २०२ जना, रुकुम पश्चिमबाट ४३ जना, कपिलवस्तुबाट ५० जना र म्याग्दीबाट भागेका ४ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ। अन्य कैदीहरूको खोजी कार्य जारी छ।

सूचना अधिकारी जोशीका अनुसार, फरार भएकामध्ये केही आफैँ कारागारमा फर्किन थालेका छन् भने केहीलाई सुरक्षाकर्मीहरूले पक्राउ गरेर कारागारमा पुनः ल्याइरहेका छन्। अप्रत्याशित रूपमा ठूलो संख्यामा कैदीबन्दी भागेपछि सुरक्षा निकायहरू उच्च सतर्क अवस्थामा रहेका छन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार