त्रिभुवन विश्वविद्यालयको पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने
बिहीबार, २६ भदौ, २०८२ मा
प्रकाशित
एआईद्वारा निर्मित तस्बिर ।
काठमाडौं, भदौ २६ :
त्रिभुवन विश्वविद्यालयले असामान्य परिस्थितिका कारण पठनपाठन छठ पछि मात्रै सुरु गर्ने निर्णय गरेको छ । आज सुचना जारी गर्दै नियमित पठनपाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने विश्वविद्यालयले जनाएको छ ।
सूचना तथा जनसम्पर्क महाशाखाले आज एक सूचना जारी गर्दै मुलुकभर विद्यमान असामान्य परिस्थितिका कारण आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरी २०८२ साल भदौ २९,३० र ३१ तथा असोज १,२ र ५ साथै कार्तिक ९ गतेका दिन त्रिभुवन विश्वविद्यालयको सम्पूर्ण पठनपाठन कार्य बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।
नियमित पठन पाठन कार्तिक ११ गतेदेखि सञ्चालन हुने पनि जनाएको छ ।
जेनजीको आन्दोलनपछि उत्पन्न परिस्थितिका कारण देश भरको पठनपाठन ठप्प भएको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।