बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो #यातायात व्यवसायी राष्ट्रिय महासङ्घ#विराटनगर किङ्ग्स#कर्णाली याक्स#सभापति गगनकुमार थापा#नेपाल बार एसोसिएसन#प्रधान न्यायाधीश#समाचारको खण्डन#डा मनोजकुमार शर्मा#यू- १९ एसिया कप#विश्वप्रकाश शर्मा#क्रिकेट मैदान#पिचलाई त्रिपालले छोपियो#जनकपुर बोल्ट्सको पहिलो जित#नेप्से परिसूचक#दोहोरो अङ्कले बढ्यो
राजनीति

वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको सुझाव

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २६ भदौ, २०८२ मा प्रकाशित
वैधानिक प्रक्रियामार्फत नयाँ सरकार गठन गर्न पूर्वराष्ट्रपति भण्डारीको सुझाव
काठमाडौं, भदौ २६ :

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै संवैधानिक प्रावधानअनुसार अगाडि बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरी ‘जेनजी’को आन्दोलनपछि प्रधानमन्त्रीले दिएको राजीनामा स्वीकृत भइसकेको र संविधानबमोजिम गठित राष्ट्रपति एवं जननिर्वाचिन संस्थाहरू कायमै रहेको अवस्थामा आन्दोलनरत पक्षको माग र चाहनालाई समेत अभिव्यक्त गर्नेगरी संविधानिक व्यवस्थाबमोजिम मुलुकलाई राजनीतिक निकास दिनुपर्नेमा जोड दिइन् ।  

उनले ‘जेनजी’ आन्दोलनमा भएको मानवीय क्षति र भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा के कसरी हिंसात्मक गतिविधि भए भन्ने समीक्षा गर्न पनि आग्रह गरिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार