काठमाडौं, भदौ २७ :

नेपाली सेनाले काठमाडौं उपत्यकामा आज दिउँसो कर्फ्यु हटाएको छ ।  आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लाग्ने जनाएको छ । तर निषेधाज्ञा भने जारी छ ।निषेधाज्ञालाई पनि खुकुलो बनाएको छ । सेनाले सूचना जारी गर्दै आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म मात्रै निषेधाज्ञा जारी गरिएको जनाएको छ ।

आज बिहान एक घण्टा बढाएर ११ बजेसम्म निषेधाज्ञा हटाइएको छ । ११ बजेदेखि बेलुकी ५ बजेसम्म भने पुन निषेधाज्ञा लागू हुने जनाएको छ ।

निषेधाज्ञा र कर्फ्यु खुकुलो बनाउँदै लगेपछि काठमाडौं उपत्यकाको जनजीवन सामान्य बन्दै गएको छ ।

सरकारले सामाजिक सञ्जालमा निष्क्रिय बनाएपछि उठेको युवाहरूले भ्रष्टाचार लगायतका मुद्दा अघि सार्दै  प्रदर्शन गरेका थिए । उनीहरुले भदौ २३ गते गरेको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको हो ।