
काठमाडौं, भदौ २७ :
जेनजी आन्दोलनका क्रममा आगजनी गरिएको धरानस्थित भाटभटेनी सुपरमार्केटमा चारजनाको जलेको अवस्थामा शव फेला परेको छ।
शुक्रबार दिउँसो सुपरमार्केटको दोस्रो तल्लामा एक जना र तेस्रो तल्लामा तीन जनाको शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुले जानकारी दिए।
डिएसपी जबेगुका अनुसार शवहरू पूर्ण रूपमा जलेका कारण पहिचान खुल्न सकेको छैन। प्रारम्भिक अनुमान अनुसार, ती व्यक्तिहरू आगलागीको समयमा सुपरमार्केटमा लुटपाट गर्न गएकाहरु हुनसक्ने आशंका गरिएको छ। मंगलबार राति सुरु भएको आगो अझैसम्म पूर्ण रूपमा निभ्न सकेको छैन।