काठमाडौं, भदौ २९ :

आजदेखि नयाँ नोट वितरण गरिने भएको छ । नेपाल राष्ट्र बैङ्कले दसैँका लागि आजदेखि असोज १० गतेसम्म सुकिला नोट वितरण गर्न लागेको जनाएको छ ।  

देशमा राजनीतिक सङ्क्रमणको अवस्था देखिएपछि नोट वितरण हुन्छ कि हुँदैन भन्ने अन्योल थियो ।

तर आजबाट नयाँ नोट वितरण गरिँदैछ । नेपाल राष्ट्र बैंकले यसअघि आजदेखि सुकिला नोटको वितरण सुरु गर्ने जानकारी गराएको थियो ।

दसैँमा माग हुने साना दरका नोट सटहीका लागि राष्ट्र बैङ्कको थापाथली स्थित मुद्रा व्यवस्थापन विभाग प्रदेश स्थित कार्यालयहरू विराटनगर,जनकपुर,वीरगञ्ज,पोखरा, सिद्धार्थनगर नेपालगन्ज र धनगढीबाट सुकिला नोट लिन सकिने राष्ट्र बैङ्कले जनाएको छ ।