मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३० भदौ, २०८२ मा प्रकाशित
विद्युत् प्राधिकरणको बक्यौता रकम उठाउने ऊर्जामन्त्री घिसिङको पहिलो निर्णय
काठमाडौं, भदौ ३० :

नवनियुक्त ऊर्जामन्त्री कुलमान घिसिङले पदभार ग्रहण गरेका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहण गर्दै ऊर्जामन्त्री घिसिङले  विद्युत् प्राधिकरणको बक्यौता बापतको रकम उठाउने पहिलो निर्णय गरेका छन् ।

उनी विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक हुदाँ बक्यौता रकम उठाउने विषयमा नै विवाद हुँदा बर्खास्तमा परेका थिए । तत्कालिन उर्जामन्त्री दीपक खड्काको सिफारिसमा केपी ओलीको मन्त्रिपरिषद्ले बर्खास्तमा गरेको थियो। 

ऊर्जामन्त्री घिसिङले खादा-माला तथा अबिर केही पनि नलाउने घोषणा समेत गरेका छन् । उनले आफ्नो कार्य अवधिभर देश र जनताको काममा फोकस हुने वचनबद्धता व्यक्त गरेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार