सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश कर्णाली प्रदेश

भारतको सिमलामा जिप दुर्घटना: सल्यानका एकै परिवारका तीनसहित चारजनाको मृत्यु

सिङ्गो गाउँ शोकमा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ भदौ, २०८२ मा प्रकाशित
भारतको सिमलामा जिप दुर्घटना: सल्यानका एकै परिवारका तीनसहित चारजनाको मृत्यु
सल्यान, भदौ ३१ :

भारतको हिमाचल प्रदेश अन्तर्गत शिमला जिल्लाको कोटखाई क्षेत्रमा भएको एक जिप दुर्घटनामा परेर सल्यानका एकै परिवारका तीन सदस्यसहित चार जनाको मृत्यु भएको छ।

दुर्घटनामा कुमाख गाउँपालिका–४ बस्नेतज्युलाका ३७ वर्षीय राजेश विष्ट, ४७ वर्षीय डिल्लीबहादुर शाही, ३७ वर्षीय एकेन्द्र शाही र २४ वर्षीया लक्ष्मी शाहीको घटनास्थलमै मृत्यु भएको कुमाख गाउँपालिका–४ का वडाध्यक्ष शोभीलाल बस्नेतले जानकारी दिए।

श्रमका लागि सिमला गएका उनीहरू काममा जाँदै गर्दा सोमबार पिकअप गाडी दुर्घटनामा परेका थिए। अध्यक्ष बस्नेतका अनुसार लक्ष्मी शाही एक वर्षअघि शिमला गएकी थिइन् भने अन्य तीन जना असार महिनामा धान रोपाइँ सकेर भारततर्फ गएका थिए। दसैं नजिकिँदै गर्दा घर फर्किने तयारीमा रहेका बेला भएको दुर्घटनाले गाउँमा शोकको छायाँ छाएको छ। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार