शुक्रबार, ३० असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण #महिला उद्यमी#हाइटेन्सन पोल#टुप्पोमा बसेकी किशोरी#भूमि बैंक#मन्त्री महाविर पुन#हेलिकप्टरमार्फत खाद्यान्न#रसुवावासीलाई खाद्यान्न#दसैँ बिदा#आयोग खुला रहने#भोटेकोसी बाढी#नेपाल रेडक्रस सोसाइटी#दुई हजार घर निर्माण गर्ने#केपी शर्मा ओली#परराष्ट्रमन्त्री शिशिर खनाल#खुस्बु ओली#कानुन निर्माण
राजनीति

प्रचण्डले भने- अब पार्टी कार्यालय नयाँ र भव्य निर्माण गर्नेछौं

आगजनीबाट केही महत्त्वपूर्ण सामग्रीहरू सुरक्षित
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३१ भदौ, २०८२ मा प्रकाशित
प्रचण्डले भने- अब पार्टी कार्यालय नयाँ र भव्य निर्माण गर्नेछौं
काठमाडौं, भदौ ३१ :

माओवादी केन्द्रले नयाँ र आधुनिक केन्द्रीय पार्टी कार्यालय निर्माण गर्ने भएको छ। कोटेश्वरस्थित पेरिसडाँडामा रहेको कार्यालयमा हालैको जेनजी आन्दोलनको क्रममा भएको आगजनीपछि पार्टी नयाँ संरचना निर्माणतर्फ अग्रसर भएको हो।

आज पेरिसडाँडास्थित कार्यालयको अवलोकन भ्रमण गरेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सञ्चारकर्मीहरूसँग कुरा गर्दै भने, ‘देशभरका कार्यकर्ता, शुभेच्छुक र पार्टीप्रेमीको सहयोगमा हामी नयाँ र भव्य पार्टी कार्यालय निर्माण गर्नेछौं।’ तर, नयाँ कार्यालय कहाँ बन्नेछ भन्ने विषयमा भने अध्यक्ष प्रचण्डले खुलासा गरेनन्।

पार्टी कार्यालयको निरीक्षणपछि अध्यक्ष प्रचण्डले  बैठकका माइन्युट, पुस्तकालयका सामग्रीहरू र केही कम्प्युटरहरू जोगिएको जानकारी पनि दिए। यस्ता सामग्रीहरू सुरक्षित राख्न सफल भएका कर्मचारी र कार्यकर्ताप्रति उनले आभार प्रकट गरे।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार