
काठमाण्डौं, असोज ३ :
स्पेनिस क्लब रियल म्याड्रिडले युइएफए च्याम्पियन्स लिगमा विजयी सुरुवात गरेको छ ।
रियलले हिजो भएको खेलमा जर्मन क्लब भिएबी स्टुडगार्डलाई ३-१ गोलले पराजित गरेको हो ।
घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन केलियन एमबाप्पे, एन्टोनियो रुडिगर र एन्ड्रिक समान गोल गरे ।
स्टुडगार्डका लागि डिनिज अन्डाभले १ गोल फर्काएका थिए ।
च्याम्पियन्स लिगमा भएका अन्य खेलमा बायर्न म्युनिख, लिभरपुल, स्पोर्टिङ सिपी, युभेन्टस र एस्टन भिल्लाले पनि विजयी सुरुवात गरेका छन ।