मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

नयाँ निर्वाचित सांसदहरूको बैठक अब सिंहदरबारस्थित नयाँ भवनबाट सञ्चालन हुने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १ असोज, २०८२ मा प्रकाशित
नयाँ निर्वाचित सांसदहरूको बैठक अब सिंहदरबारस्थित नयाँ भवनबाट सञ्चालन हुने
काठमाडौं, असोज १ :

संघीय संसदका दुवै सदनको आगामी बैठक अब सिंहदरबारस्थित नयाँ संसद भवनबाट सञ्चालन हुने भएको छ। अन्तरिम सरकारका ऊर्जा, भौतिक तथा शहरी विकासमन्त्री कुलमान घिसिङले नयाँ निर्वाचित सांसदहरूले अब सिंहदरबारमै निर्माणाधीन भवनबाट काम गर्ने जानकारी दिएका छन्।

नयाँ बानेश्वरस्थित पुरानो संसद भवन भदौ २३ र २४ गते जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। सोही भवनको निरीक्षणपछि मन्त्रीहरूले पुरानो भवनलाई यथास्थानमै पुनर्निर्माण गरिने भए पनि संघीय संसदको बैठक अब नयाँ स्थानबाट सञ्चालन गरिने स्पष्ट पारेका हुन्।

मन्त्री घिसिङका अनुसार सिंहदरबारमा निर्माणाधीन संसद भवनको काम आगामी पुस महिनासम्म सम्पन्न हुनेछ। उनले तत्कालै सरसफाइ कार्य सुरु गरी भवनको अन्तिम डिजाइन तयार पार्ने र पुनर्निर्माण कार्यलाई अल्पकालीन र दीर्घकालीन योजना अनुसार अघि बढाइने जानकारी दिए।

 बानेश्वरस्थित संसद भवन आन्दोलनको ‘इपिसेन्टर’ बनेको थियो । यसलाई प्रदर्शनकारीहरूले मुख्य निशाना बनाएका थिए। भीषण आगजनीका कारण पुरानो संसद भवन पूर्ण रूपमा ध्वस्त भएको छ। संसद भवनको निरीक्षण गर्न पुगेका मन्त्रीहरूमा ऊर्जा मन्त्री घिसिङसँगै अर्थमन्त्री रामेश्वर खनाल र गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्याल पनि सहभागी थिए।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार