सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति

जेनजी आन्दोलनबाट क्षति पुगेका सिंहदरबारका संरचनामा रङ्गरोगन सुरु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २ असोज, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनबाट क्षति पुगेका सिंहदरबारका संरचनामा रङ्गरोगन सुरु
काठमाडौं, असोज २ :

जेनजी आन्दोलनका क्रममा क्षति पुगेका सिंहदरबार भित्रका संरचनामा रङ्गरोगन कार्य सुरु गरिएको छ। सुरुमा अर्थ मन्त्रालयमा रङ्गरोगन थालिएको हो।

ऊर्जामन्त्री कुलमान घिसिङका अनुसार जलेका सबै भवनमा क्रमशः रङ्गरोगन गरिनेछ। उनले भने, ‘दसैंअघि नै भवनहरूलाई चिटिक्क पार्छौँ, ध्वस्त भएका संरचनाभित्र भने पुनर्निर्माणको काम सँगसँगै अघि बढ्नेछ।’

जेनजी आन्दोलनका समर्थकहरुले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालतलगायतका प्रमुख प्रशासनिक भवनहरूमा आगजनी गरेका थिए। यसका कारण ती भवनहरू कुरुप देखिनुका साथै भग्नावशेषमा परिणत भएका छन्। 

यस घटनाबाट राज्यलाई अरबौं रुपैयाँ बराबरको क्षति पुगेको छ। सरकारले क्षति भएका संरचनाहरूको पुनःनिर्माण र सौन्दर्यीकरण कार्य तीव्र रूपमा अघि बढाउने जनाएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार