काठमाण्डौँ , असोज ३ :

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला तीन सयले घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार प्रतितोला एक लाख ५६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आज एक लाख ५६ हजार चार सयमा कारोबार भइरहेको छ । 

यस्तै, चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । मङ्गलबार प्रतितोला एक हजार नौ सय पाँचमा कारोबार भएको चाँदी आज एक हजार आठ सय ९० रुपैयाँ निर्धारण भएको छ ।