
काठमाण्डौँ , असोज ३ :
राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय भेला आज पनि जारी छ । काठमाडौँका प्रज्ञा भवनमा हिजो देखी भेला सुरु भएको हो ।
भेलामा १ हजार ५ सय बढी प्रतिनिधिहरू सहभागी छन् ।
मङ्गलवार भेलामा प्रदेश समितिका संयोजकहरूले रिपोर्टिङ गरेका छन् । आजको भेलामा हिजो विभिन्न समुहले प्रस्तुत गरेका सबै प्रतिवेदन र प्रस्तावउपर समूहगत छलफल हुनेछ ।
आज नै दलका नेताहरूले प्रश्नको उत्तर दिने र सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने तयारी छ ।