सङ्खुवासभा, असोज ३ :

सङ्खुवासभाको मकालु गाउँपालिका ३ समाटारमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

खाँदवारि किमाथांका सडक खण्डको वरुणबाट खाँदवारि आउने क्रममा आज बिहान ट्याक्टर भीरबाट खसेको हो।

खाँदबारी नगरपालिका ८ विश्नेधाराका चालक किरण श्रेष्ठ र सहचालक उदित श्रेष्ठको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिनुभयो ।

ट्याक्टर भीरबाट करिब ३ सय मिटर तल खसेको र अरुण नदीले बगाएको प्रहरीले जनाएको छ ।