
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश एनजीओ-आईएनजीओको कब्जामा गएको बताएका छन् ।
भक्तपुरस्थित निवासमै मंगलबार पत्रकार सम्मेलन गरेर प्रसाईंले देशलाई बार्बरा फाउन्डेसन र समता फाउन्डेसनसहितका संस्थाले कब्जा गरेको जिकिर गरे ।
उनले जेन-जीको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’का सुदन गुरुङहरूले हाइज्याक गरेको प्रसाईंले बताए ।
उनले प्रधानमन्त्री सुशीला कार्कीदेखि अहिलेको मन्त्रिमण्डमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलको पनि आलोचन गरे ।
उनले भने, ‘हामीले एउटा सोचेका थियौँ, भइदियो अर्कै, यो देशमा नर्सिङ कलेज खोल्नु हुँदैन भन्ने अहिलेकै प्रधानमन्त्री हुन् ।’
जेनजीबाट खोसेर अहिले एनजीओ-आईएनजीओले देश चलाउन थालेको भन्दै प्रसाईंले सबै सजक हुनुपर्ने बताए ।
‘हामीले व्यवस्था परिवर्तनका लागि यत्रो आन्दोलन गर्यौँ’, उनले भने, ‘अवस्था झन् पहिले भन्दा पनि बिग्रियो ।’
संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख प्रशासनिक भवनमा आगजनी गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उस्काएको प्रसाईंले आरोप लगाए ।
