सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

दुर्गा प्रसाईं भन्छन्- देश एनजीओ र आईएनजीओको कब्जामा गयो

हामीले एउटा सोचेका थियौँ, भइदियो अर्कै
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ७ असोज, २०८२ मा प्रकाशित
दुर्गा प्रसाईं भन्छन्- देश एनजीओ र आईएनजीओको कब्जामा गयो
काठमाडौं, असोज ७ :

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले देश एनजीओ-आईएनजीओको कब्जामा गएको बताएका छन् । 

भक्तपुरस्थित निवासमै मंगलबार पत्रकार सम्मेलन गरेर प्रसाईंले देशलाई बार्बरा फाउन्डेसन र समता फाउन्डेसनसहितका संस्थाले कब्जा गरेको जिकिर गरे ।

उनले जेन-जीको आन्दोलनलाई काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह र ‘हामी नेपाल’का सुदन गुरुङहरूले हाइज्याक गरेको प्रसाईंले बताए ।

उनले  प्रधानमन्त्री सुशीला कार्कीदेखि अहिलेको मन्त्रिमण्डमा रहेका ऊर्जामन्त्री कुलमान घिसिङ, कृषिमन्त्री मदन परियार र सञ्चारमन्त्री जगदीश खरेलको पनि आलोचन गरे ।

उनले भने, ‘हामीले एउटा सोचेका थियौँ, भइदियो अर्कै, यो देशमा नर्सिङ कलेज खोल्नु हुँदैन भन्ने अहिलेकै प्रधानमन्त्री हुन् ।’

जेनजीबाट खोसेर अहिले एनजीओ-आईएनजीओले देश चलाउन थालेको भन्दै प्रसाईंले सबै सजक हुनुपर्ने बताए ।

‘हामीले व्यवस्था परिवर्तनका लागि यत्रो आन्दोलन गर्‍यौँ’, उनले भने, ‘अवस्था झन् पहिले भन्दा पनि बिग्रियो ।’

संसद् भवन, सिंहदरबार र सर्वोच्च अदालत जस्ता राज्यका प्रमुख प्रशासनिक भवनमा आगजनी गर्न  काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले उस्काएको प्रसाईंले आरोप लगाए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार