सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
अर्थतन्त्र कर्पोरेट

जेनजी आन्दोलनका कारण जिडिपीको पाँच प्रतिशतमा क्षति पुग्यो : सिएनआई अध्यक्ष पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ९ असोज, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनका कारण जिडिपीको पाँच प्रतिशतमा क्षति पुग्यो : सिएनआई अध्यक्ष पाण्डे
काठमाडौं, असोज ९ :


नेपाल उद्योग परिसङ्घ (सिएनआई)का अध्यक्ष वीरेन्द्रराज पाण्डेले जेनजी आन्दोलनका क्रममा भएको तोडफोड तथा आगजनीका कारण कुल गार्हस्थ उत्पादन (जिडिपी)को करिब पाँच प्रतिशत क्षति पुगेको बताएका छन् ।

आज नेपाल आर्थिक पत्रकार समाज (सेजन)को नयाँ कार्यसमितिलाई स्वागत गर्ने क्रममा उनले कुनै पनि आन्दोलनमा निजी क्षेत्रमाथिको आक्रमण हुनु दुःखद् भएको समेत उल्लेख गरे । ‘पछिल्लो आन्दोलनमा निजी क्षेत्रमा ठूलो क्षति भएको छ, मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको उल्लेख्य योगदान रहँदा पनि यसमाथि निरन्तरको आक्रमण रोक्न सकिएको छैन’, उनले भने, ‘आन्दोलनका क्रममा जिडिपीको पाँच प्रतिशतमा क्षति पुगेको प्रारम्भिक आकलन छ ।’

अध्यक्ष पाण्डेले नागरिक समाज, राजनीतिकर्मी र सर्वसाधरणमा निजी क्षेत्रले पु¥याएको योगदानबारे अझै पनि बुझाउन नसकिएको बताए । ‘जबसम्म आम मानिसमा निजी क्षेत्रप्रतिको धारणा परिवर्तन गर्न सकिन्न, तबसम्म समस्या रहिरहन्छ, उद्यमशीलता बढाउने, त्यसतर्फ युवालाई केन्द्रित गर्ने विषयमा हाम्रो ध्यान केन्द्रित हुन जरुरी छ’, उनले भने।

उनले आन्दोलनका कारण लगानीकर्तामा संशय उत्पन्न भएको उल्लेख गर्दै अब लगानीमैत्री वातावरण बनाउन सरकारको ध्यान जानुपर्नेमा समेत जोड दिए ।

त्यस अवसरमा सिएनआईका निवर्तमान अध्यक्ष राजेशकुमार अग्रवालले मूल्य अभिवृद्धि कर (भ्याट)लाई बहुदरमा लैजान आवश्यक रहेको धारणा राखे ।

सिएनआई कोशी प्रदेशका अध्यक्ष पवनकुमार शारडाले सरकारले नीति बनाउँदा सबैलाई क्षेत्रलाई समेट्न जरुरी रहेको बताए। उनले गत भदौमा भएको जेनजी आन्दोलनले मुलुकलाई सुशासनको बाटोमा लैजानका लागि नयाँ अवसर सृजना गरेको समेत उल्लेख गरे ।
----

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार