संविधान दिवसको दिन असोज ३ गते भोली दरबारमार्ग क्षेत्रमा नेसनल डे कन्सर्ट आयोजना गरिदैछ ।
संविधान दिवसको अवसरमा दरबारमार्गमा नागरिक स्तरबाट आयोजना हुने सो कन्सर्टका लागि बुधबार रातीसम्म स्टेज निर्माणको काम भइरहेको छ भने वाद्यवादकहरले भोलीको प्रस्तुतीका लागि तयारी गरिरहेका छन् ।
स्टेज निर्माणको काम भइरहेकाले उक्त क्षेत्रमा सवारी साधन प्रवेशमा रोक लगाइएको छ ।
हिजो मंगलबारबाट भोली बिहिबार राती ८ बजे सम्मको लागि सवारी आवागमन बन्द गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले एक सूचनामार्फत जानकारी गराएको छ ।
केशरमहल चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई जमल तर्फ, जयनेपाल चोकबाट दक्षिणगेट तर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटी तर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेट तर्फ जाने सवारी साधनहरुलाई घण्टाघर तर्फ डाइभर्सन गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
सरकारले संविधान दिवस भोली विभिन्न कार्यक्रमका साथ धुमधामले मनाउने तयारी गरिरहेको छ ।