सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
राजनीति अर्थतन्त्र

डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न उद्योगहरुलाई २१ दिने अल्टिमेटम

एकमुष्ट तिर्न नसक्ने ग्राहकका लागि २८ किस्तासम्ममा तिर्न सकिने सुविधा
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १२ असोज, २०८२ मा प्रकाशित
डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न उद्योगहरुलाई २१ दिने अल्टिमेटम
काठमाडौं, असोज १२ :

नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत सेवा लिने उद्योगहरुलाई बक्यौता तिर्न २१ दिने अल्टिमेटम दिएको छ। प्राधिकरणले आइतबार एक सूचना जारी गर्दै २०७२ माघदेखि २०७५ वैशाखसम्मको विद्युत महसुल बक्यौता रहेको उद्योगीहरुलाई १७ कात्तिकभित्र तोकिएको रकम तिर्न आग्रह गरेको हो।

यसअघि प्राधिकरणले बक्यौता भएका ग्राहकलाई प्रशासकीय पुनरावलोकनका लागि २०८२ जेठ २० सम्म निवेदन दिने मौका दिएको थियो। सोही अनुसार २०८२ वैशाख २६ र ३० गते सूचना प्रकाशित गरिएको थियो।  अब उद्योगीहरुले पुरानै शूल्क अनुसार महसुल तिर्नुपर्ने भएको हो।

प्राधिकरणका अनुसार बक्यौताको हिसाब टीओडी मिटरमा रेकर्ड भएको डिमाण्ड र टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीका आधारमा गरिएको हो। 

बक्यौता रकम एकमुष्ट तिर्न नसक्ने ग्राहकका लागि २८ किस्तासम्ममा तिर्न सकिने सुविधा पनि दिइने प्राधिकरणले जनाएको छ। तर, तोकिएको म्यादभित्र महसुल तिर्न असफल भएमा कानुनी कारबाही हुने चेतावनी समेत दिइएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार