
काठमाडौं, असोज १३ :
जेनजी आन्दोलनका एक घाइतेको उपचारका क्रममा मृत्यु भएको छ । नुवाकोटका ३६ वर्षीय लक्षमण राईको मृत्यु राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचाररत राईको सोमबार बिहान मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।
राईको मृत्युसँगै जेनजी आन्दोलमा मृत्यु हुनेको संख्या ४९ पुगेको छ। हाल विभिन्न अस्पतालमा ३९ जना घाइको उपचार भइरहेको छ।