शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब #रवि लामिछाने#भाकल पूरा गर्न#नाकाहरूमा सवारी चाप#‘यु–१९’ महिला क्रिकेट#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब
खेलकुद क्रिकेट

नेपाल मलेसियासँग ३ रनले पराजित

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, १६ असोज, २०८२ मा प्रकाशित
नेपाल मलेसियासँग ३ रनले पराजित
मलेसिया, असोज १६ :

नेपाली राष्ट्रिय महिला क्रिकेट टोली पहिलो टी-२० अन्तर्राष्ट्रिय खेलमा आयोजक मलेसियासँग तीन रनले पराजित भएको छ।

टस जितेर ब्याटिङ रोजेको मलेसियाले ५ विकेटको क्षतिमा १०४ रन बनायो। जवाफी लक्ष्य पछ्याउने क्रममा नेपालले ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो।

नेपालका लागि पूजा महतोले ३०, सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ रन र कप्तान इन्दु बर्माले १२ रन जोडिन्। मलेसियाका नुर दानियाले तीन विकेट लिइन्। मलेसियाका लागि कप्तान विनिफ्रेडले २७, हासिमले २६ र एलिसाले २५ रन बनाइन्। नेपालकी सोमु बिष्टले दुई र रुविना क्षेत्रीले एक विकेट लिइन्।

यो नेपाल र मलेसियाबीचको १२औं टी-२० अन्तर्राष्ट्रिय खेल हो। अहिलेसम्म नेपालले ७ र मलेसियाले ५ खेल जितेका छन्। पाँच खेलको शृंखलाअन्तर्गत दोस्रो खेल शनिबार, तेस्रो आइतबार, चौथो मंगलबार र अन्तिम खेल बुधबार हुनेछ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार