बुधबार, १८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन #नेप्सेको प्रमुख कार्यकारी अधिकृत#प्रताप सुवेदी#गृहमन्त्री सुधन गुरुङ#नेपाल आयल निगम#विश्वप्रकाश शर्मा#सरकारको बदनाम अभियान#नवनियुक्त प्रहरी महानिरीक्षक#डा मनोजकुमार केसी#केपी शर्मा ओली#भारतीय विदेश सचिव#विक्रम मिश्री#आईजीपी प्रकरण#सरकार र रास्वपाको फरक अभिव्यक्ति#दानबहादुर कार्की#कानुनी उपचारको खोजीमा#हेलिकप्टर ठोक्किएको घटना#छानबिन गर्न समिति गठन
राजनीति अर्थतन्त्र बैंक/बीमा

नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण

भ्रष्टाचारका कारण छिमेकी मुलुकहरुमा जस्तो नेपालमा विकास हुन सकेन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २१ असोज, २०८२ मा प्रकाशित
नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण
काठमाडौं, असोज २१ :

विश्व बैंकले आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर २ दशमलव १ प्रतिशत हुने प्रक्षेपण गरेको छ । मंगलबार साउथ एशिया डेभलपमेन्ट रिपोर्ट सार्वजनिक गर्दै आर्थिक वर्ष ०८२/८३ मा २.१ प्रतिशत र त्यसपछिको वर्ष २०८३/८४ मा ४.७ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने प्रक्षेपण गरेको हो । हालै भएको आन्दोलन र त्यसको असरलाई समेत ध्यानमा राख्दै विश्व बैंकले आर्थिक वृद्धिदरको प्रक्षेपण गरेको आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

विश्व बैंकले यसअघि चालु आर्थिक वर्षमा ५.२ र त्यसपछिको वर्षमा ५.५ प्रतिशत आर्थिक वृद्धिदर हुने आकलन गरेको थियो तर पछिल्लो परिस्थितिलाई निहाल्दै विश्व बैंकले त्यसलाई घटाएको हो । पछिल्ला आन्दोलनहरुलाई विश्व बैंकले शासन प्रणाली प्रतिको असन्तुष्टि र मुलुकभित्र अवसरको अभावका रुपमा अथ्र्याएको छ । मुलुकमा बढेको भ्रष्टाचार, व्यवसायिक वातावरण बन्न नसक्दा  छिमेकी मुलुकहरुमा जस्तो नेपालमा विकास हुन नसकेको विश्व बैंकको ठहर रहेको छ । प्रतिवेदनले विश्वव्यापी आर्थिक सुस्ती, व्यापार नीतिबारे अनिश्चितता, सामाजिक अशान्ति, र कृत्रिम बुद्धिमत्ता (एआई) जस्ता प्रविधिले श्रम बजारमा ल्याउने चुनौतीलाई प्रमुख जोखिमका रूपमा देखाएको छ ।

विश्व बैंकका दक्षिण एशियाका उपाध्यक्ष जोहानेस जुट्टले प्रतिवेदनमा भनेका छन्, ‘दक्षिण एशियामा ठूलो सम्भावना छ, तर देशहरूले जोखिमहरूलाई समयमै सम्बोधन गर्नुपर्छ । एआईको फाइदा लिन र व्यापारका अवरोध घटाउन सके देशहरूले उत्पादकत्व बढाउन, निजी लगानी ल्याउन र नयाँ रोजगारी सिर्जना गर्न सक्छन् ।’
विश्व बैंकका अनुसार,सेवा क्षेत्रमा भने तुलनात्मक रूपमा कम शुल्क भएका कारण विगत दशकमा रोजगारीको तीन चौथाइ वृद्धि भएको छ । यस्तै चरणवद्ध रूपमा शुल्क घटाएर व्यापार सम्झौता विस्तार गर्नसके, निजी लगानी र रोजगारी दुवै बढ्नसक्ने प्रतिवेदनमा उल्लेख छ ।
विश्व बैंककाअनुसार दक्षिण एशियाको आर्थिक वृद्धि यसवर्ष ६.६ प्रतिशत हुनेछ ।  विश्व बैंकको प्रतिवेदनअनुसार सन् २०२६ मा दक्षिण एशियाको वृद्धि घटेर ५.८ प्रतिशतमा झर्ने प्रक्षेपण गरिएको छ । यो अघिल्लो प्रक्षेपण भन्दा ०.६ प्रतिशत कम हो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार