बुधबार, १४ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#२०औँ एसियाली खेलकुद#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन #२०औँ एसियाली खेलकुद#ज्ञानेन्द्रसिंह महता#महाकाली नदी#झोलुङ्गे पुल#अम्बिका देवी संग्रौला#नेपाल धितोपत्र बोर्ड#नेपाल स्टक एक्सचेञ्ज#कागेश्वरी र एसओएसबीच सम्झौता#जुडो खेल#चारै जना पराजित#केपी शर्मा ओली#कोरिया भ्रमण#विक्रम तिमिल्सिना#प्राकृतिक विपद्#उदयशमशेर राणा#कांग्रेस फुटेको छैन
राजनीति

शान्ति र संयमता अपनाउन मानव अधिकार आयोगको आग्रह

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २२ असोज, २०८२ मा प्रकाशित
शान्ति र संयमता अपनाउन मानव अधिकार आयोगको आग्रह
काठमाडौं, असोज २२ :

राष्ट्रिय मानव अधिकार आयोगले देशमा पछिल्लो समय देखिएको राजनीतिक तनाव र संभावित प्रदर्शनहरूलाई ध्यानमा राख्दै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ।

आयोगले विशेष गरी जेनेरेसन जेड (जेन्जी) समूहले आगामी दिनमा गर्न सक्ने प्रदर्शन र त्यसले शान्ति सुरक्षामा पार्न सक्ने असरबारे चासो व्यक्त गरेको हो। यस्ता प्रदर्शनमा हुने हिंसा वा तोडफोडले मानव अधिकारमा असर पार्न सक्ने भन्दै आयोगले जिम्मेवार बन्न सबैलाई अनुरोध गरेको छ।

२३ र २४ भदौमा भएका हिंसात्मक घटना र आगजनीमा मानव अधिकार उल्लंघन भएको भन्दै आयोगले ती घटनाको अनुसन्धानलाई अगाडि बढाइरहेको जनाएको छ। साथै, अहिलेको अवस्थाको निरन्तर अनुगमन भइरहेको पनि जनाएको छ।

घृणायुक्त अभिव्यक्तिहरूले सामाजिक सद्भाव बिग्रन सक्ने र राजनीतिक वातावरणलाई अशान्त बनाउन सक्ने भन्दै आयोगले यस्ता अभिव्यक्ति रोक्न आग्रह गरेको छ। आयोगका अनुसार सार्वजनिक तथा निजी सम्पत्तिको सुरक्षा गर्नु र कानूनको पालना गर्नु सबै नागरिकको कर्तव्य हो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार