शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन : ओली

कांग्रेस पनि यही बाटोमा अगाडि बढ्ने विश्वास
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २३ असोज, २०८२ मा प्रकाशित
संसद पुनःस्थापनाको माग राखेर अघि बढ्नुको विकल्प छैन : ओली
भक्तपुर, असोज २३ :

नेकपा (एमाले)का अध्यक्ष एवं निःवर्तमान प्रधाननमन्त्री केपी शर्मा ओलीले संसद पुनःस्थापनाको माग गरेर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।

नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले बिहीबार गुण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकलाई सही बाटोमा फर्काउनका लागि तत्काल विघटन गरिएको संसद फिर्ता गर्ने मागलाई लिएर अगाडि बढ्नुको विकल्प नरहेको बताएका हुन् ।

अध्यक्ष  ओलीले सो मागमा नेपाली काँग्रेस लगायतका सबै दलहरु अगाडि बढ्ने विश्वास समेत व्यक्त गर्नुभयो । उनले सो मागलाई अघि नबढाए मुलुक बर्बाद हुने चेतावनी समेत दिए । असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरुलाई स्वीकारेर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुने ओलीको भनाई थियो । उनले सो मागलाई अघि बढाउनका लागि समयमा दृढतापूर्वक अघि नबढे पछि पछुताएर बस्नुपर्ने अवस्था आउने पनि बताए । 

उनले भने, ‘अब हामीले देशलाई सही बाटोमा फर्काउनका लागि असंवैधानिक ढंगले विघटन गरिएको संसद तत्काल फिर्ता गर्ने मागलाई राखेर नै अगाडि बढने बाहेक अर्को विकल्प छैन । मैले विश्वास लिएको छु–नेपाली काँग्रेसले पनि आफूलाई यही बाटोमा अगाडि बढाउने छ । नेकपा एमाले यही बाटोमा अघि बढनेछ । अरु पार्टीहरु पनि यही बाटो अगाडि बढ्नेछन् । अर्को बाटो छैन देशलाई लोकतान्त्रिक बाटोमा, प्रणालीमा फर्काउन । त्यसो गरेनौ, असंवैधानिक र अलोकतान्त्रिक कदमहरु, क्रियाकलापहरु त्यसलाई स्वीकारेर, मान्यता दिएर अगाडि बढ्न खोज्यौं भने देश बर्बाद हुनेछ । हामीले समयमा दृढतापूर्वक उपयुक्त कदम चाल्न सकेनौ भने पछि ढिला भएर भनेर पछुताउनु पर्नेछ ।’ 

अध्यक्ष ओलीले सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक भएको दोहोर्‍याए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार