
काठमाण्डौँ , असोज ५ :
आज विभिन्न चार वटा संसदीय समितिका बैठक बस्दै छन् ।
बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ । बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधन कर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, बिहान ११ बजे नै बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय निकुञ्जको अवलोकन सम्बन्धी विषयमा छलफल हुने छ ।
बिहान ११ः३० बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा कार्य परामर्श उपसमिति पुनर्गठनका विषयमा छलफल हुनेछ ।
दिउसो १ बजे बस्ने राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिको संयुक्त बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वका सम्बन्धमा नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।