
भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। नर्वेजियन नोबेल समितिका अध्यक्ष जोर्गन वाटने फ्राइड्नेसले मचाडोलाई ‘राजनीतिक विभाजनबीच एकता खोज्ने साहसी नेतृत्व’का लागि सम्मान गरिएको घोषणा गरे।
नोबेल पुरस्कार प्रदान गर्ने समितिले माचादोबारे भनेको छ, ‘अन्धकार फैलिँदै गएको समयमा पनि उनले लोकतन्त्रको ज्योति निभ्न दिएकी छैनन् ।’
भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको सरकारले मचाडोलाई अयोग्य ठहर गर्दै चुनावबाट रोक लगाएपछि उनी लुक्न बाध्य भएकी थिइन्। उनको उम्मेदवार हटाइएपछि एडमुन्डो गोन्जालेज प्रतिस्थापन उम्मेदवार बनेका थिए।
चुनावी परिणामपछि देशभर विरोध प्रदर्शन भड्किएको थियो जसमा २० जनाभन्दा बढीको ज्यान गएको थियो।गत वर्ष नोबेल शान्ति पुरस्कार जापानी संस्थान ‘निहोन हिडान्क्यो’लाई प्रदान गरिएको थियो। नोबेल शान्ति पुरस्कार नर्वेको ओस्लोमा प्रत्येक वर्ष प्रदान गरिन्छ। यस वर्ष पुरस्कारका लागि कुल ३३८ नाम दर्ता गराएका थिए ।