सोमबार, २ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन #सिन्धुली सुमो दुर्घटना#मृतको सनाखत#टाइगर श्राफ#गोली प्रहार#झलनाथ खनाल#केपी ओली#निःशुल्क यातायात सेवा#गाँजा#पक्राउ#तातोपानी नाका#तीन दिनका लागि खुल्यो#सवारी दुर्घटना#एनपीएल#आन्द्रे रसेल#विराटनगर टोलीमा अनुबन्ध#कागेश्वरी मनोहरा नगर अस्पताल#२४ सै घण्टा खुला#सुक्खा पहिरो#सडक सञ्चालन
समाचार प्रदेश लुम्बिनी प्रदेश

चङ्खेलीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ असोज, २०८२ मा प्रकाशित
चङ्खेलीमा भएको जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो
हुम्ला, असोज २६ :

चङ्खेली गाउँपालिका– ४ को देसीखोलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।
उपचारका क्रममा मृत्यु हुने दुई वर्षीया बालिका जागृति रोकाया हुन् ।  यसअघि शुक्रबार उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भइरहेको छ ।

मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ का वर्ष वर्षीया मनवीर बुढा, उहाँको दुई वर्षीय छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका–८ की २६ वर्षीया वसन्ती रोकाया छन् ।

यसैगरी, दुर्घटनामा परी घाइते भएका तीन जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । त्यस्तै, एक जना घाइतेलाई वीरेन्द्रनगर अस्पतालमा रिफर गरिएको छ ।

शुक्रबार बिहान ११ बजे चङ्खेली गाउँपालिका– ४ को देसीखोला गोठ्यानामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको थियो । जिप दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार