
चङ्खेली गाउँपालिका– ४ को देसीखोलामा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा घाइते दुई वर्षीया बालिकाको मृत्यु भएपछि मृतकको सङ्ख्या चार पुगेको हो ।
उपचारका क्रममा मृत्यु हुने दुई वर्षीया बालिका जागृति रोकाया हुन् । यसअघि शुक्रबार उक्त दुर्घटनामा परी तीन जनाको मृत्यु भइरहेको छ ।
मृत्यु हुनेमा चङ्खेली गाउँपालिका–६ का वर्ष वर्षीया मनवीर बुढा, उहाँको दुई वर्षीय छोरा देवाङ्स बुढा, सिमकोट गाउँपालिका–८ की २६ वर्षीया वसन्ती रोकाया छन् ।
यसैगरी, दुर्घटनामा परी घाइते भएका तीन जनाको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । त्यस्तै, एक जना घाइतेलाई वीरेन्द्रनगर अस्पतालमा रिफर गरिएको छ ।
शुक्रबार बिहान ११ बजे चङ्खेली गाउँपालिका– ४ को देसीखोला गोठ्यानामा कर्णाली प्रदेश ०२००१ च १०९१ नम्बर जिप दुर्घटना भएको थियो । जिप दुर्घटनामा परी सात जना गम्भीर घाइते भएका थिए ।