सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति भिडियो

गगन थापाको आह्वान : अब तीन दलका शीर्ष नेतालाई बिदा गरौं

तपाईंहरू अब घर बस्नुस्
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २६ असोज, २०८२ मा प्रकाशित
गगन थापाको आह्वान : अब तीन दलका शीर्ष नेतालाई बिदा गरौं
काठमाडौं, असोज २६ :

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब कांग्रेस, एमाले र माओवादी केन्द्रका पुराना नेताहरूले राजनीतिबाट बिदा लिनुपर्ने बताएका छन्।

आइतबार सामाजिक सञ्जालमा एक भिडियोमार्फत थापाले भने, ‘तीन दलका तीन नेताहरूलाई बिदा गरौं, नयाँ नेतृत्वबाट संवादको वातावरण बनाऔं।’

थापाले युवाहरुलाई अब ढिला नगरी नेताहरू परिवर्तनको लागि दबाब दिन पनि अपिल गरे। उनले भने, ‘अब ती नेताहरूलाई भन्नुपर्छ – तपाईंहरू अब हैन, घर बस्नुस्।’

उनले पुराना नेताहरू पदमा बसिरहन प्राविधिक बहाना देखाइरहेको र जेनजी आन्दोलनपछि अझै पनि नचेतेको भन्दै चिन्ता व्यक्त गरे। महामन्त्री थापाले निरन्तर पार्टीमा महाधिवेशनको माग गर्दै आएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार