
काठमाण्डौं, असोज ५ :
नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष रमेश विष्टले पनि राजीनामा दिएका छन् ।
सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् । यसअघि अध्यक्ष विपुल पोखरेलले महासंघको अध्यक्ष पदबाट राजीनामा दिएपछि विष्टलाई कार्यवाहकको जिम्मेवारी दिइएको थियो ।
कार्यवाहक अध्यक्ष विष्टले विहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए ।
एक सूचना जारी गरी निर्वाचन कमिटीले असोज १२ गतेका लागि तय भएको निर्वाचन कार्यक्रम अन्र्तगतको मनोनयन कार्यक्रम स्थगित गरेको थियो ।