सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति

संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैन : राजेन्द्र श्रेष्ठ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० असोज, २०८२ मा प्रकाशित
संसद पुनःस्थापनाको बाटोमा लाग्नु हुँदैन : राजेन्द्र श्रेष्ठ
काठमाडौं, असोज ३० :

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठले संसद पुनस्र्थापनाको बाटोमा लाग्न नुहने बताएका छन् । निर्वाचन आयोगले बिहीबार दलहरुसंग आयोजना गरेको छलफलमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्र्दै उनले यस्तो बताएका हुन् । उनले जेन-जी आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि संसद पुन:स्थापनाको बाटोमा लाग्न नहुनेमा जोड दिए । 

सरकारले घोषणा गरेको फागुन २१ मा निर्वाचनलाई सफल रुपमा सम्पन्न गर्न सबै लाग्नुपर्ने उनको भनाई छ । उनले वर्तमान सरकार संविधानसम्मत नभई आवश्यकताको सिद्धान्तको आधारमा बनेको पनि बताए। वर्तमान सरकार र आगामी फागुन २१ गतेको निर्वाचन प्रमुख दलहरुको सहमतिकै आधारमा बनेकोले विवाद गरेर बस्न आवश्यक नभएको उनको भनाई छ । 

उनले भने, ‘खासगरी अहिलेको यो सरकार संविधानसम्मत ढंगले बनेको बनेको होइन तर यो चाहीँ आवश्यकताको सिद्धान्तअनुसार जेनजी आन्दोलनको जनादेशलाई सम्बोधन गर्नको लागि प्रमुख दलहरुको सहमतिमा बनेको सरकार भएको । स्वयं प्रधानमन्त्री पनि सहमतिमा बनेको र निर्वाचनको मिति पनि सहमतिमा नै घोषणा भएको हुँदाखेरि अब यसमा चाहीँ दुविधा पाल्नुपर्ने कुनै आवश्यकता  छैन भन्नेकुरा हाम्रो पार्टीलाई लागेको छ । 

यद्यपि अहिले फेरि पनि प्रतिनिधिसभा पुनस्र्थापनाको लागि मुद्दाहरु गएका छन् । अब मुद्दाले के गर्छ भन्नेकुरा पनि बहस त हुने नै भयो । तर अहिले जुन आन्दोलनको जनादेश छ, यो आन्दोलनको जनादेशलाई कुल्चिएर फेरि पुनस्र्थापनाको बाटोमा लाग्न हुँदैन । अब घोषित निर्वाचनलाई सफलताको साथ सम्पन्न गुर्नपर्छ ।’ उनले राष्ट्रिय सभा सदस्य रिक्त हुन लागेकोले राष्ट्रिय सभाको निवार्चन पनि समयमै गर्नुपर्ने बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार