नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा सात जना सदस्यहरुले धारणा राखेका छन् । बिहीबार दिउँसो बसेको केन्द्रीय समितिको बैठकमा सात जना मात्रै सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बैठकले पार्टी सभापति शेरबहादुर देउवामाथि जेनजी आक्रमणमा भएको सांघातिक हमलाप्रति निन्दा गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वर्तमान अवस्थाबारे बैठकमा जानकारी गराएका थिए । पार्टीले नियमित महाधिवेशन नै अघि बढाउने र विशेष महाधिवेशनको एजेण्डा केन्द्रीय समितिको बैठकमा नरहेको बताए । उनले आम निर्वाचन र पार्टीको अधिवेशनबारे प्रश्न उठाको जिकिर गरे । बैठकमा कार्यतालिका प्रस्ताव अहिलेसम्म नगरिएको पनि जानकारी दिए।
बैठकमा बोल्ने सदस्यहरुले महाधिवेशनबारे स्पष्ट हुनुपर्ने धारणा राखेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए । सरकार निर्वाचनलाई सहज बनाउने बाटोतिर नगएको, प्रतिशोध साँध्ने बाटोमा गएको धारणा राखेको बताए । आम नागरिकले पूर्ण रुपमा सुरक्षा महसुस गर्न नसकेको, सुरक्षा निकायको मनोबल उठ्न नसकेको बताए । निर्वाचनमा कुनैपनि भय बिना भाग लिने वातावरण बनाउनुपर्ने धारणासदस्यहरुले राखेको बताए । साथै बैठकमा पुनः स्थापना बारेमा पनि केही सदस्यहरुले आफ्ना धारणा राखेका थिए ।
बैठकपछि बोल्दै नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले जेन—जी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको जरैदेखि छानबिन हुनुपर्ने धारणाहरु आएको बताए । साथै अबको दिनमा कांग्रेस कसरी अघि बढ्ने भन्नेबारेमा सुझावहरु आएको बताए । नियमित अधिवेशन गर्न नसक्ने भए विशेष महाधिवेशन गर्नुपर्ने बताए। नियमित अधिवेशन मंसिरभित्रै गर्नुपर्नेमा जोड दिए । जेन—जीको पहिरनमा गरिएका कामहरु र व्यक्तिहरु पत्ता लगाउनुपर्ने बताए । सुरक्षाको प्रत्याभुति नभइ राजनीतिक दलहरु निर्वाचनमा जान नसक्ने बताए । संसद पुनःस्थापनातिर लाग्न नहुने उनको भनाइ छ । हजार र पाँच सयको नोट प्रतिबन्ध गर्न माग समेत गरे। हरेक छानबिनका लागि कांग्रेस तयार रहेको बताए ।
बैठकपछि बोल्दै केन्द्रीय सदस्य रामहरि खतिवडाले कानून हातमा लिएर सरकार चलाउने काममा केही व्यक्तिहरु लागेको बताए । उनले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको बताए । समाजमा त्रास कायम रहेकाले त्यसलाई हटाउन आग्रह गरे । सरकार संविधान विपरीत बनेको र त्यसबारे सोच्नुपर्ने धारणा नेताहरुले राखेको बताए । उनले जेन जीका मागहरु सम्बोधन गरेर जान आवश्यक रहेको बताए । पुराना पुस्तालाई सम्मान र नयाँ पुस्तालाई आकर्षित गर्नेगरी अघि बढ्न आवश्यक रहेको बताए।
केन्द्रीय सदस्य इन्द्रबहादुर बानियाँले जेन—जी आन्दालेन, अप्राकृतिक विपत्ति, आगजनी, तोडफोडबारे मूल्यांकन लगायतबारे छलफल गर्नेबारे विषयहरु उठेको बताए । पार्टीका सभापति र नेताहरुमाथि भएको आक्रमणबारे पनि छलफल हुने बताए । साथै महाधिवेशनबारे पनि विषयहरु बैठकमा उठेको बताए। समयमै महाधिवेशन गर्नुपर्ने बारेमा छलफल सुरु भएको बताए । निर्वाचन हुने कुराको विश्वसनीय वातावरण बनेको खण्डमा कांग्रेस निर्वाचन सम्पन्न गरेर आन्तरिक काममा लाग्ने बताए । संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक रहेको बताउँदै कांग्रेस निर्वाचनबाट नभाग्ने दाबी गरे।एकताबद्ध भएर कार्यतालिका बनाइ कांग्रेस अघि बढ्ने उनले बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा उल्लेख्य सुधार, भोलिसम्ममा डिस्चार्ज गर्ने तयारी
सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनबाट राहत सामग्री
राष्ट्रपतिद्वारा शीतल निवासमा नवकन्याको पूजाअर्चना, गोडा धोएर टीका लगाइदिएर उपहार प्रदान