शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

एमाले केन्द्रीय कमिटी बैठक : दुई दिनमा १ सय ८४ जनाले धारणा राखे

संसद् पुनःस्थापनामा जोड
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ३० असोज, २०८२ मा प्रकाशित
एमाले केन्द्रीय कमिटी बैठक : दुई दिनमा १ सय ८४ जनाले धारणा राखे
ललितपुर, असोज ३० :

नेकपा एमालेको केन्द्रीय कमिटीको बैठकको दोस्रो दिन १ सय ३४ जना केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका छन् । बुधबारबाट शुरु भएको बैठकको पहिलो दिन ५० जना सदस्यहरुले आफ्ना धारणा राखेका थिए । 

दुई दिनमा कुल १ सय ८४ जना केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सकिएको पार्टीका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । उनकाअनुसार केन्द्रीय समितिका ३ सय ६७ जना केन्द्रीय सदस्यहरु रहेकोमा १ सय ८४ जना केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन् ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले राखेको राजनीतिक प्रतिवेदनमाथि आफ्ना राय राखेका छन् । प्रस्तुत रायहरुमा संविधानको रक्षा, जनाधिकारको रक्षाका लागि प्रतिनिधि सभाको पुनःस्थापना गर्नुपर्ने, पुनःस्थापना गर्दा संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक पक्षधर शक्तिहरुलाई एक ठाउँमा ल्याएर उनीहरुको समेत सहभागितामा व्यापक जनपरिचालनको माध्यमबाट निर्णयमा पुर्‍याउनुपर्ने विषय उठेको बताए । 

अहिलेको समयमा सबैभन्दा सरल, सहज र संविधानलाई ट्रयाकमा ल्याउने, जनाधिकार, लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्ने एकमात्र सहज बाटो संसद पुनःस्थापनाको बाटो हुने निष्कर्षतर्फ कमिटी अघि बढिरहेको बताए । सरकारले निर्वाचन घोषणा गरेको सन्दर्भमा निर्वाचन आयोगले राजनीतिक दलहरुलाई बोलाएकोमा ७ बुँदामा केन्द्रित रहेर सरकारलाई निर्वाचनको वातावरण बनाउन अपिल गरेको बताए । निर्वाचनमा भाग नै नलिने कुरा एमालेले नगरेको भन्दै निर्वाचनको वातावरण सरकारले बनाउन नसकेको बताए । सरकारले राजनीतिक दलहरुलाई निषेध गर्ने, राजनीतिक दलका नेताहरुमाथि झमेला लगाउने, धाकधम्की दिने र सीमा निर्धारण गर्ने जस्ता कामले निर्वाचनको वातावरण नबनेको बताए ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताका बारेमा पनि बैठकमा राय आएको बताए । जेन जी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गतेको भएका घटनाको वस्तुनिष्ठ छानबिन गरी दोषीउपर कारबाही गर्न माग गरे ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार