
कालिकोट, साउन १६ : डोल्पाबाट बिरामी लिएर सुर्खेत जाँदै गरेको हेलिकोप्टर प्रतिकूल मौसमको कारण आकस्मिक अवतरण भएको छ।
सुर्खेतको लेखबेंसी नगरपालिका–६ पुरानो घाट नजिकै धान खेतमा आकस्मिक अवतरण गरिएको हो। आकस्मिक अवतरणपछि हेलिकोप्टर ठूलो दुर्घटनाबाट जोगिएको हो।
हेलिकोप्टर आकस्मिक अवतरण गरिएपछि बिरामीलाई एम्बुलेन्समार्फत प्रदेश अस्पतालमा पठाइएको जिल्ला प्रहरी कार्यलय सुर्खेतका प्रमुख एसपी रुपेश खड्काले जनाएका छन् ।