मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
राजनीति

ओली लक्षित उषाकिरण तिम्सिनाको प्रश्न : नानीबाबुहरूको हत्याको जिम्मेवारी कसले लिने?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ३१ असोज, २०८२ मा प्रकाशित
ओली लक्षित उषाकिरण तिम्सिनाको प्रश्न : नानीबाबुहरूको हत्याको जिम्मेवारी कसले लिने?
काठमाडौं, असोज ३१ :

नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठकमा ‘जेन-जी आन्दोलन’ का क्रममा भएका घटनाबारे गम्भीर प्रश्न उठेको छ। केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाले भदौ २३ मा आन्दोलनका क्रममा मारिएका बालबालिकाको हत्याको जिम्मेवारी कसले लिने भन्ने सवाल उठाउँदै अध्यक्ष केपी शर्मा ओलीमाथि नैतिक जवाफदेहीताको माग गरेकी छन्।

शुक्रबारको बैठकमा धारणा राख्दै तिम्सिनाले भनिन्, ‘विध्वंस, विनाश र वियोगान्त पछिको केन्द्रीय कमिटीमा छौँ, तर यहाँ त हामी नेतृत्वका प्रमुख व्यक्तिहरू सफल छन् भनिरहेका छौँ। अहिले असफल भएको चाहिँ को हो?’

‘गोली हान्ने आदेश कसले दियो?’

उनले भदौ २३ मा साना बालबालिकाको ज्यान जाने गरी भएको हिंसात्मक घटनाको सन्दर्भ उठाउँदै भनिन्, ‘अस्ति भर्खर स–साना नानीहरूको कत्लेआम भयो, खर्बौंको सार्वजनिक र निजी सम्पत्तिमा आगलागी भयो। ती सबैको नैतिक जिम्मा कसले लिने हो? गोली हान्ने प्रहरीको हवलदारले लिने हो कि? वा यसको नैतिक जिम्मेवार तत्कालको नेतृत्वको हुन्छ, कमरेड?’ उनको यो प्रश्न अध्यक्ष ओलीले गोली चलाउने आदेश आफूले दिएको होइन भन्ने दाबीपछि आएको हो।

तिम्सिनाले अध्यक्ष ओलीको ११ वर्षे नेतृत्वमा कम्युनिस्ट आन्दोलन कहाँबाट कहाँ पुग्यो भन्ने विषयमा गम्भीर आत्ममूल्यांकन आवश्यक रहेको बताइन्। ‘कमरेड ओली यो पार्टीको अध्यक्ष हुनु भएको ११ वर्ष भयो। यी वर्षहरूमा भएका अभ्यासहरूले बाम आन्दोलनलाई कता पुर्‍यायो?’ भन्दै उनले नेकपा एकता जस्तो ऐतिहासिक अवसरलाई पनि विनाशतर्फ धकेलिएको आरोप लगाइन्।

तिम्सिनाले पार्टीको वर्तमान संरचनाले न चुनावमा सफलता दिलाउन सक्छ, न आन्दोलनमा जनसमर्थन जुटाउन सक्ने स्थिति रहेको बताउँदै अध्यक्ष ओलीले राजीनामा दिनुपर्ने स्पष्ट माग राखिन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार