मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार

जेनजी आन्दोलनमा प्रहरीलाई खोलैखोला लखेट्ने घिसिङ पक्राउ

अनुसन्धानका लागि अदालतबाट ८ दिनको म्याद थप
· आइतबार, २ कात्तिक, २०८२ मा प्रकाशित
जेनजी आन्दोलनमा प्रहरीलाई खोलैखोला लखेट्ने घिसिङ पक्राउ
काठमाडौं, कात्तिक २ :

भदौ २४ मा काठमाडौंको बानेश्वर क्षेत्रमा भएको झडपका क्रममा प्रहरीलाई खोलैखोला लखेटेको आरोपमा गौतम घिसिङ पक्राउ परेका छन्।

दोलखा स्थायी घर भई काठमाडौं–३२ मा बस्दै आएका घिसिङलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो। प्रहरीका अनुसार उनी बैंकिङ कसूरसम्बन्धी मुद्दामा फरार अभियुक्त समेत हुन्।

प्रहरीका अनुसार, उक्त दिन जेन–आन्दोलनपछिको तनावग्रस्त अवस्थामा घिसिङसहितको समूहले बानेश्वर प्रहरी वृत्तका अधिकारीमाथि आक्रमण गरेको थियो। उनीहरूले प्रहरीको हतियार खोस्ने प्रयास समेत गरेका थिए।

प्रहरीले भिडिओ फुटेजको आधारमा पहिचान गरी घिसिङलाई पक्राउ गरेको हो। अहिले उनलाई ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवसम्बन्धी कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि घिसिङलाई अदालतबाट ८ दिनको म्याद लिएर हिरासतमा राखिएको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार