बुधबार, २८ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

प्रचण्डकी छोरी गंगाले दिइन् सचिवालयबाट राजीनामा

मलाई देखाएर पार्टीमाथि प्रहार भयो
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ३ कात्तिक, २०८२ मा प्रकाशित
प्रचण्डकी छोरी गंगाले दिइन् सचिवालयबाट राजीनामा
काठमाडौं, कात्तिक ३ :

नेकपा (माओवादी केन्द्र) का संयोजक तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ की छोरी गंगा दाहालले पार्टी सचिवालयबाट राजीनामा दिएकी छन्।

गंगाले सोमबार राजीनामा दिएको जानकारी गराउँदै आफूलाई देखाएर निरन्तर संयोजक प्रचण्ड र समग्र पार्टीमाथि योजनाबद्ध रूपमा प्रहार भइरहेको भन्दै सचिवालयबाट अलग हुने निर्णय गरेको स्पष्ट पारेकी छिन्।

गंगाले भनिन्, ‘निरन्तर मलाई देखाएर नेकपा (माओवादी केन्द्र) का संयोजक प्रचण्ड र समग्र पार्टीविरुद्ध योजनावद्ध प्रहार भइरहेका कारणले गर्दा मैले संयोजकको सचिवालयबाट राजीनामा दिएकी छु।’

उनले सचिवालयबाट बाहिरिए पनि पार्टीप्रति आफ्नो प्रतिबद्धता कायमै रहेको उल्लेख गर्दै जिम्मेवार कार्यकर्ता भएर सधैं क्रियाशील रहने बताइन्।

राजीनामासँगै उनले पार्टीका नेताहरू, कार्यकर्ताहरू र आम नागरिकको सहयोगप्रति आभार व्यक्त गर्दै भनिन्, ‘पार्टीको जिम्मेवार कार्यकर्ता भएकाले आजीवन रूपमा पार्टीमा क्रियाशील रहनेछु।’ उनले सचिवालयमा रहँदा पाएको सहयोगप्रति धन्यवाद दिँदै अबको यात्रा कार्यकर्ता हैसियतमा अघि बढ्ने संकेत गरेकी छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार