
फाइल तस्वीर ।
हामी नेपालका संयोजक सुदन गुरुङले आफू एजेन्ट नरहेको स्पष्टीकरण दिएका छन् । बिहीबार माइतीघरमण्डलामा जेन–जी आन्दोलनका सहिदको सम्झनामा आयोजित कार्यक्रममा बोल्दै उनले आफ्नो बारेमा स्पष्ट पारेका हुन् ।
जेनजीहरूलाई विभाजित गर्न अनेक कुराहरू गरेर भ्रम छर्ने प्रयास भइराखेको भन्दै उनले आफ्नोबारे अफवाह फैलाउने कार्यलाई गलत राजनीतिको संज्ञा दिए । गुरुङले भने, ‘म कसैको एजेन्ट होइन, एउटा नागरिक हुँ । सिम्पल एउटा नागरिक । तपाईं जस्तै हो म ।’
जेन–जीलाई विभाजित गर्ने जे जस्ता प्रयास गरिएतापनि गलत गर्नेहरूलाई संविधान र कानुनको दायरामा ल्याउने दृढता व्यक्त गरे । उनीहरूले बनाएको नियम/कानुन अनुसार उनीहरूलाई भित्र थुन्ने गुरुङको भनाइ थियो । तर,विधि र कानुन अनुसार अगाडि बढ्न समय लाग्ने पनि उनले बताए ।
‘उनीहरूले बनाएको संविधान पनि पढ्दैछु’ गुरुङले भने ,‘पहिले राजनीति बुझेको थिइनँ, अब बुझ्दैछु । ’ अलिकति धैर्य धारण गर्नुपर्छ आम नागरिलाई अगुवा गुरुङको आग्रह छ ।