शुक्रबार, २० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति प्रदेश मधेस प्रदेश

मधेशका मुख्यमन्त्री सोनल छठपछि विश्वासको मत लिने तयारीमा

सहजै विश्वासको मत पाउने अपेक्षा
· शुक्रबार, ७ कात्तिक, २०८२ मा प्रकाशित
मधेशका मुख्यमन्त्री सोनल छठपछि विश्वासको मत लिने तयारीमा
धनुषा, कात्तिक ७ :

मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले छठ पर्वपछि विश्वासको मत लिने तयारी गरेका छन्। गत असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका सोनलले संवैधानिक प्रावधानअनुसार नियुक्ति भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्नेछ।

मुख्यमन्त्री सोनलले चाडपर्वको कारण तत्काल बैठक बोलाउन नसकिएको बताउँदै छठ पर्व सम्पन्न भएपछि विश्वासको मत लिने तयारी गरिएको जानकारी दिएका छन्।

सोनल जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट मुख्यमन्त्री बनेका हुन्। उनको सरकार जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र नेकपा (एकीकृत समाजवादी) को समर्थनमा बनेको हो।

प्रदेश सभामा यी पाँच दलका जम्मा ५७ जना सांसद छन्। जसमा जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९, लोसपाका ९ र नेकपा (एकीकृत समाजवादी) का ७ जना सांसद छन्।

१०७ सदस्यीय मधेश प्रदेश सभामा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक हुन्छ। गठबन्धनसँग ५७ सांसदको बहुमत भएकाले मुख्यमन्त्री सोनलले सहजै विश्वासको मत पाउने अपेक्षा गरिएको छ।

यो पनि…

मधेश प्रदेश सरकार विस्तारबारे सत्तापक्षीय पाँच दलको बैठक बस्दै

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार