काठमाडौं, कात्तिक ७ :

गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीलाई आत्महत्या दुरुत्साहनको आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार गिरीलाई आज(शुक्रबार) गायिका नितु पौडेलको मृत्यु प्रकरणमा पक्राउ गरिएको हो।

अनामनगरस्थित एक स्टुडियोमा आत्मदाहको प्रयास गरेकी पौडेलको उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो। उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो।

गत शनिबार पौडेलले आफैंमाथि आगो लगाएकी थिइन्। सो क्रममा प्रहरीको टोलीले उनलाई उद्धार गरी तत्कालै अस्पताल पुर्‍याएको थियो। घटनामा गायक गिरी पनि सामान्य घाइते भएका थिए।

प्रहरीका अनुसार गिरी र पौडेलबीच करिब नौ वर्षदेखि प्रेम सम्बन्ध रहेको बताइएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

यो पनि पढ्नुहोस्

गायिका नितु पौडेल मृत्यु प्रकरण : गायक बाबुल गिरीविरुद्ध परिवारको जाहेरी

आत्मदाह प्रयास गरेकी गायिका पौडेलको उपचारको क्रममा मृत्यु