मंगलबार, ३ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम #मुस्ताङ#पर्यटकको संख्या घट्यो#तातोपानी नाका#नियमित सञ्चालनको माग#डा गोविन्द टण्डन#दसैँको संस्कृति#तलेजु भवानी मन्दिर#महानवमीमा तलेजु भवानी मन्दिर#विश्वकप लिग- २#नेपालको सुखद अन्त्य#राष्ट्रपति रामचन्द्र पौडेल#आरुघाटमा बेलिब्रिज जोडियो#एम्बुलेन्स#गाँजा तस्करी#डा गोविन्द केसी#कोप–३१#हिमाली क्षेत्रमा जोखिम
समाचार प्रदेश गण्डकी प्रदेश

भीमफेदी कारागारबाट फरार कैदी कुमालको गैंडाकोटमा हत्या, ५ जना पक्राउ

उनी रिहा हुने तयारीमा थिए।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ८ कात्तिक, २०८२ मा प्रकाशित
भीमफेदी कारागारबाट फरार कैदी कुमालको गैंडाकोटमा हत्या, ५ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।
नवलपरासी, कात्तिक ८ :

भीमफेदी कारागारबाट फरार भएका नारायण कुमालको गैंडाकोटमा हत्या भएको छ। २८ वर्षीय कुमाललाई कात्तिक ६ गते राति स्थानीय युवाहरूको समूहले धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय, पूर्वी नवलपरासीका अनुसार, घटनामा संलग्न भएको आशंकामा पाँच जनालाई पक्राउ गरिएको छ। कुमाल जर्बजस्ती करणी मुद्दामा १० वर्ष कैद र ३५ हजार रुपैयाँ जरिवानासहित दोषी ठहरिएका थिए।

कुमाल २०७४ सालको साउन महिनामा पक्राउ परेका थिए र २०८४ सालमा उनी रिहा हुने तयारीमा थिए। तर भदौ महिनामा जेनजी आन्दोलनको क्रममा भीमफेदी कारागारमा तोडफोडपछि उनी फरार भएका थिए। कारागार प्रशासनले उनलाई स्वेच्छाले फर्कन आग्रह गरेको भए पनि कुमाल कारागारसँग सम्पर्कमा आएका थिएनन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार